ad ad

कारोबार


सेलपेको ‘२०२० एस२० अफर’ योजना सुरु

सेलपेको ‘२०२० एस२० अफर’ योजना सुरु

नेपालखबर
चैत ६, २०७६ बिहिबार १२:८,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘२०२० एस२० अफर’ सुरु गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले एउटा नयाँ ‘सामसङ ग्यालेक्सी एस२०’ जित्ने मौका पाउनेछन्। यो योजना चैत्र ७ गते देखि चैत्र २७ गतेसम्म लागू हुनेछ।

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोबार रिचार्ज, युटिलिटी पेमेन्ट, पिटुपी फन्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्। सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ ‘सामसङ ग्यालेक्सी एस२०’ जित्ने मौका पाउनेछन्।

यस्का साथै ७ जना भाग्यशाली ग्राहकहरुले हरेक हप्ता पेलेस, एड्रेस लङ र एक्स–एजबाट विभिन्न उपहारहरु पाउनेछन्। यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुनेछ।

जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फन्ड ट्रान्सफर ९मर्चेन्ट भुक्तानी बाहेक० को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .