ad ad

कारोबार


जुम्लाको खलंगामा प्रभु बैंकको वित्तीय साक्षरता

जुम्लाको खलंगामा प्रभु बैंकको वित्तीय साक्षरता

नेपालखबर
चैत ६, २०७६ बिहिबार ११:५८,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ। भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए।

बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए। जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए।

धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरे। कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए। उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरे।

कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिलानै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताए। आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उनले महिलालाई आग्रह गरे।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए।

‘सहकारीमा बचत पनि गरेका छौं, ऋण पनि लिन्छौं, तर आम्दानी देखिँदैन।’ चन्दननाथ सहकारीमा आवद्ध बेलु चनाराले भनिन्, ‘कतिपय अवस्थामा सावाँ ब्याजबारे पनि हामीलाई जानकारी हुँदैन।’

कर्णालीका अधिकांश महिलाहरु वित्तीय साक्षरता नभएकै कारण सामान्य हिसाब किताब राख्न पनि नसक्ने अवस्थामा छन्।

महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .