ad ad

कारोबार


टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८१ बुधबार १०:५८, काठमाडौँ

संविधान दिवस (३ असोज)को अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। 

टेलिकमले ल्याएको यो अफर आज (२ असोज)देखि असोज ४ गते (शुक्रबार) सम्म लागू हुनेछ।

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार  ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ।

त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ।

त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध रहेको टेलिकमको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .