ad ad

ग्लोबल


आफ्नै पत्नी बलात्कारका अभियुक्तले अदालतमा स्वीकारे अपराध

आफ्नै पत्नी बलात्कारका अभियुक्तले अदालतमा स्वीकारे अपराध

नेपालखबर
असोज २, २०८१ बुधबार ११:१३, काठमाडौँ

फ्रान्समा आफ्नै श्रीमतीलाई लागुऔषध खुवाएर झण्डै एक दशकसम्म ५० भन्दा बढी व्यक्तिलाई बलात्कार गर्न लगाएको अभियोगमा पक्राउ परेका श्रीमान्‌विरुद्ध अदालतमा मुद्दा सुरु भएको छ। 

मंगलबार उनले अदालतमा आफूविरुद्ध लागेका सबै आरोप स्वीकार गर्दै आफू बलात्कारी नै भएको बताए।

उनले दयाको भीख पनि मागे। यो घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। यो हृदयविदारक घटनामा पीडित महिलाले आफूसँग यति वर्षसम्म बसेको व्यक्तिले आफूलाई यसरी धोका दिएको पत्याउनै गाह्रो भएको बताइन्। 

आफ्नी श्रीमतीलाई १० वर्षसम्म लागुऔषध खुवाएर बेहोस बनाएर कैयौँलाई बलात्कार गर्न लगाएको अभियुक्तको नाम डोमिनिक पोलिकोट हो। उनको उमेर ७१ वर्ष छ। यो मुद्दा डिसेम्बरसम्म चल्नेछ। अदालतमा उनी दोषी ठहर भएमा कम्तीमा २० वर्षको जेल सजाय हुनेछ। 

अदालतका कागजातहरूका अनुसार, सन् २०२० मा प्रहरीले सुपरमार्केटमा महिलाहरूको अन्तरंग भिडिओ बनाउँदै गरेको अवस्थामा पेलिकोट पक्राउ परेका थिए। त्यसपछि प्रहरीले पेलिकोटको घर र विद्युतीय उपकरणमा छानबिन गरेको थियो। जसमा उनकी पत्नी गिसेल पेलिकोटसँग यौन सम्बन्धमा संलग्न पुरुषका हजारौँ तस्बिर र भिडिओ भेटिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .