ad ad

कारोबार


नेपालका बैंक तथा वित्तीय संस्था दक्षिण एसियामै सुरक्षित र पारदर्शी : गभर्नर

नेपालका बैंक तथा वित्तीय संस्था दक्षिण एसियामै सुरक्षित र पारदर्शी : गभर्नर

अर्थसमितिमा गभर्नर अधिकारी। तस्बिर : रासस


नेपालखबर
फागुन २०, २०८० आइतबार १६:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरेका छन्। 

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए। गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए। 

केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै उनले लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए। उनले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गरे। 

बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको उनको भनाइ छ। 

उनले बैंकहरुको खराब कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गर्दै खराब कर्जा बढ्नुमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका ऋण नतिरे पनि हुनेजस्ता अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरुले भएको दाबी गरे। 

उनले यसको असर प्रत्यक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए।

उनले बचतकर्ताहरुले बचत गरेको निक्षेपभन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विडिटी सम्पत्ति रहेकाले डराउनुपर्ने अवस्था नभएको बताए।

उनले राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताए। 

उनले बैंकहरुको आन्तरिक परिस्थितिले केही अप्ठ्याराहरु देखापरे पनि समाधान हुने अवस्था रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .