ad ad

कारोबार


टेलिकम र एनसेलको लाइसेन्स अवधिबारेको अन्योल हटाउँछौँ : अध्यक्ष भण्डारी

टेलिकम र एनसेलको लाइसेन्स अवधिबारेको अन्योल हटाउँछौँ : अध्यक्ष भण्डारी

नेपालखबर
फागुन २०, २०८० आइतबार १६:३५, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकम र एनसेलको लाइसेन्सको समस्या समाधान गर्ने बताएका छन्। 

प्राधिकरणको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स अवधिको अन्योल हटाउने बताएका हुन्। 

प्राधिकरणका अनुसार नेपाल टेलिकमको २०८१ वैशाख र एनसेलको २०८६ भदौमा अनुमतिपत्रको अवधि सकिँदै छ। 

‘नियामक निकायले स्पष्ट दिशा दिएर समाधान गर्न सकेनौँ भने सिस्टमेटिक फेलियरमा जाने जोखिम छ’, भण्डारीले भने, ‘नियामकले समयमै कदम चाल्नेछ।’

अध्यक्ष भण्डारीले दुईवटा मात्रै टेलिकम कम्पनी हुँदा बजारमा उनीहरूकै मोनोपली (एकाधिकार) रहेको बताए। 

कुनै समय ६ वटा टेलिकम अपरेटर रहेकोमा अहिले २ वटा मात्रै रहँदा प्रतिस्पर्धा कम भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .