ad ad

समाज


शिक्षण अस्पताल परिसरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

शिक्षण अस्पताल परिसरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १६:४४, काठमाडौँ

आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए।

आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरि महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ। 

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

उता पक्राउ परेका गौतमले शालिनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको दाबी गरेका छन्। आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि गौतमले आग्रह गरेका छन्। 

गत शनिबार एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .