नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक चौलागाई र र लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।
सर्भेक्षक चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको भनाई छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
उनीहरुलाई बिगो बमोजिम जरिवाना समेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
Shares
प्रतिक्रिया