ad ad

कारोबार


टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २’

टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २’

नेपालखबर
मंसिर २७, २०८० बुधबार १८:१, काठमाडौँ

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ।

कम्पनीका अनुसार यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन्। साथै देशमै रही आफ्नो साथी भाइ र परिवारको साथ रोजगारी र व्यवसायको अवसर सिर्जना गरी स्वाभिमानी भइ जीवन निर्वाह गर्न सक्नेछन्।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालकाले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिएको बताए।

यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनको भनाई छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन। यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो।

बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भिह्कल विजनेस यूनिटका सहायक जिएम दिवस बाबु सुवेदी बताउँछन्।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्न सकिनेछ वा ९८०११०७६०० मा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .