महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आरटीजीएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ।
सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले हस्ताक्षर गरेका हुन्।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित भई अनलाइन बैंकिङ्ग, एटीएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ।
Shares
प्रतिक्रिया