ad ad

राजनीति


एभो मोरालेसको पतनपछि बोलिभियामा दक्षिणपन्थी क्रिस्चियनको रवाफ बढ्दै

एभो मोरालेसको पतनपछि बोलिभियामा दक्षिणपन्थी क्रिस्चियनको रवाफ बढ्दै

नेपालखबर
माघ १३, २०७६ सोमबार १३:५७,

बोलिभियामा राष्ट्रपति एभो मोरालेसलाई सत्ताच्यूत गरेको जस त्यहाँका दक्षिणपन्थी क्रिस्चियनहरुले लिन थालेका छन्।

‘ईश्वरले इजिप्टको फारोआबाट जसरी इजरायललाई मुक्त गरे, फारोआ एभोबाट पनि त्यसैगरी मुक्त गरे,’ चर्चहरुको संगटन नेसनल क्रिस्टियन काउन्सिलका प्रमुख लुइस आरुक्विपाले भने, ‘एभोको युग समाप्त हुँदैछ, क्राइस्टको युग सुरु हुँदैछ।’

१४ वर्ष राष्ट्रपति रहेको मोरालेसविरुद्धको आन्दोलनको अग्रभागमा थिए।

अहिले बोलिभियामा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदैछ। आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी जिनिन अनेज पनि दक्षिणपन्थी क्रिस्चियन हुन्। त्यसैले दक्षिणपन्थी क्रिस्चियनको धाक र प्रभाव बढ्दो छ।

‘मोरालेसको शासनमा हामी उल्टो बाटो हिँड्दै थियौँ। मानिसहरु गर्भपतन, समलिंगी विवाहलाई वैधानिक बनाउन खोज्दै थिए। उनीहरु सैतानको शासनलाई वैध बनाउन खोज्दै थिए,’ आरुक्विपा भन्छन्।

यसबाट आदिवासीहरु भने आतंकित बन्न थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .