ad ad

समाज


रहस्यमा अफगान विमान दुर्घटना, एयरलाइनकै नाम पत्ता लागेन

रहस्यमा अफगान विमान दुर्घटना, एयरलाइनकै नाम पत्ता लागेन

नेपालखबर
माघ १३, २०७६ सोमबार १४:१६,

अफगानिस्तानमा दुर्घटनाग्रस्त भनिएको विमान रहस्यको पर्दामा छोपिएको छ।

स्थानीय अधिकारीहरुले एरियाना एयरको विमान दुर्घटना भएको दाबी गरेपनि सो एयरलाइनले अस्वीकार गरेको छ।

सोमबार पूर्वी अफगानिस्तानको गजनी प्रान्तस्थित दे याक जिल्लामा सो विमान दुर्घटना भएको बताइएको छ।

‘हाल दुर्घटनामा भएको क्षति र एयरलाइनको नामबारे कुनै जानकारी छैन,’ गजनीका प्रान्तीय गभर्नर वहिदुल्लाह कलिमजाइले भनेका छन्।

तालिबानका प्रवक्ताले पनि आफूहरुलाई दुर्घटनाग्रस्त विमानबारे जानकारी नभएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .