ad ad

कारोबार


कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

९ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने
कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १३:३, काठमाडौँ

इसेवा मनी ट्रान्सफर र कुवेतको अल अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मियालगायत सहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्। 

नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ।

हाल इसेवा मनी ट्रान्सफरको मेरो डिजिटल देश अभियान जारी रहेको हुनाले अल अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सकिनेछ। 

अल अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप ७७ रुपैयाँको आकर्षक बोनस समेत पाउनेछन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद  अब्दुल रहमानले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .