ad ad

कारोबार


गुरुले ल्यायो फाइभ सी एनालाइसिससहितको सहकारी सफ्टवयर

गुरुले ल्यायो फाइभ सी एनालाइसिससहितको सहकारी सफ्टवयर

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १३:८, काठमाडौँ

गुरु इन्फोसिस प्रालिले बनाएको गुरु कोर बैंकिङ सिस्टम (सीबीएस) को फाइभ सी एनालाइसिस संस्करण  बजारमा आएको छ।

गुरु सीबीएस फाइभ सी एनालाइसिसमा वचत तथा ऋण सहकारी , बहुउद्देशीय सहकारी, डेरी सहकारी, लघुवित्त, सानाकिसान सहकारीलाई लक्षित गरी कम्पनीले सफ्टवेर विकास गरेको छ।

ईकेवाईएइम, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिसकल बैंकिङ, ट्याब्लेट बैंकिङ, एबीबीएस जस्ता अत्याधुनिक सेवा सुविधाका साथै गुरु कोर बैंकिङ सिस्टम नयाँ भर्जन फाइभ सी एनालाइसिस संस्करणसहित नेपाली बजारमा आएको हो।

उक्त सफ्टवेयर क्लाउडमा आधारित भएर चल्ने कम्पनीले जनाएको छ। यसमा शेयर, बचत, ऋण, इन्स्योरेन्स म्यानेजमेन्ट, फाइभ सी एनालाइसिस, लोन डिमान्ड, भ्यालुएसन म्यानेजमेन्ट, कस्टमर रिलेशन म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे म्यासेज आदि मुख्य फिचर छन्।

अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्ताले ब्याकअप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुने कम्पनीको दाबी छ।

गुरुको मोबाइल बैंकिङ प्रयोग गरी स्क्यान र भुक्तानी तथा  सहकारीको खातादेखि बैंकमा रकमान्तर गर्न सकिने छ। सहकारीका लागि चहिने सम्पूर्ण सेवा आफ्नै सिस्टमबाट दिन सकिने भएकाले सहकारीले अन्य सुविधाका थप सफ्टवेर प्रायोग गर्नुनपर्ने भएको छ। 

यसका साथै टीटीआर /एसटीआर , सम्पत्ति शुद्धिकरण जस्ता अन्य गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदन पनि सफ्टवेरमा समावेश गरिएको गुरु इन्फोसिसको न्युरोडस्थित प्रधान कार्यालय संस्थाका प्रमुख टेच्निकल अधिकृत इन्जिनियर सुशील सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .