सर्लाहीमा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको छ। सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले पुरानै विषयमा झडप भएको र त्यस क्रममा घाइते एक जनाको मृत्यु भएको बताए।
गौडैता नगरपालिका ६ का ६५ वर्षीय रामकेवल रायको जनकपुरमा उपचारको क्रममा ज्यान गएको हो। दुई समूहबिच ढुंगा हानाहान भएको र त्यसक्रममा अरु चार जना घाइते भएको एसपी पोखरेलले बताए। अहिले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको एसपी पोखरेलले बताए।
213
Shares
प्रतिक्रिया