प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनतर्फ आइतवार देशभर एकै चरणमा मतदान भइरहेको छ।
निर्वाचनका क्रममा अधिकांश नेता र उम्मेदवारहरुले बिहानै मतदान गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रबाट मतदान गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवति केन्द्रमा मतदान गरेका छन्।
त्यस्तै कांग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिकास्थित जनजागृति माविमा मतदान गरेका छन्।
भोजपुरबाट प्रतिनिधिसभमा सत्ता गठबन्धनका उम्मेदवार सुदन किरातीले रामप्रसाद गाउँपालिकाको कालिका मावि मतदान केन्द्रमा मतदान गरेका छन्।
खोटाङमा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार विशाल भट्टराईले खोटाङको खोटेहाङ गाउँपालिकास्थित खोटाङबजार केन्द्रबाट पहिलो मतदान गरेका छन्।
उता एमाले सचिव योगेश भट्ट्टटराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन्।
गुल्मी २ मा गठबन्धनबाट प्रतिनिधिसभाकी उम्मेदवार रामकुमारी झाँक्रीले मदाने-४ म्यालपोखरीको मेहलेपोखरी मावि मतदान केन्द्रबाट भोट हालेकी छन्।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका-५, वडा कार्यालय भवनबाट मतदान गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट एमलेका उम्मेदवार शेरबहादुर तामाङले मेलम्ची-११ जागेस्वरी बुथमा मतदान गरेका छन्।
उता अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ सेरीगाउँ यमुनानन्द नमुना माध्यामिक विद्यालयबाट मतदान गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोजपुरको षडानन्द नगरपालिकास्थित शारदा मावि केन्द्रबाट मतदान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाबहिलको महांकालस्थित खानेपानी संस्थान मतदान केन्द्रबाट भोट खसालेका छन्।
उता नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पाको तारा मावि बामरुक, लिवाङबाट मतदान गरेका छन्।
Shares
प्रतिक्रिया