नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहन बस्नेतले मतदान गरेका छन्। बस्नेतले गृहनगर बाह्रबिसेस्थित क्षमादेवी मावि मतदान केन्द्रबाट मत खसालेका हुन्।
बाह्रबिसे क्षेत्र नम्बर १ मा पर्छ। बस्नेतले भने यो पटक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन्।
क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका तर्फबाट माधव सापकोटा ‘सुबोध’ उम्मेदवार छन्। बस्नेतले मतदान गर्ने बेलामा सुबोधलाई समेत सँगै लिएर गएका थिए।
क्षेत्र नम्बर १ मा पहिलो मतदान गरेका बस्नेत त्यसपछि आफ्नो निर्वाचन क्षेत्रको अवलोकनामा निस्किएका छन्।
33
Shares
प्रतिक्रिया