हेटौंडामा नवजात शिशु मृत फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेको जस्तो देखिने मृत शिशु फेला परेको जानकारी दिए।
उनका अनुसार शुक्रबार दिउँसो हेटौंडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थानजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको हो।
शिशुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
54
Shares
प्रतिक्रिया