पेट्रोलियम गाडीबाट विद्युतीयमा सिफ्ट हुनेको लागि राम्रो विकल्प हो ‘अमोडा’। केही समयअघि मात्रै सारडा ग्रुपअन्तर्गतको एसपीजी आटोमोबाइल्सले नेपाल ल्याएको छ।
उत्तरढोका(गैह्रीधारा)मा रहेको शोरुममा आकर्षक अमोडा ‘टेस्ट ड्राइभ’ गर्न सकिन्छ। सीतापाइलामा यसको प्राविधिक सेन्टर खुल्दै छ। मध्यम बजेटका विद्युतीय मोडल खोजिरहेका ग्राहकका लागि अमोडा राम्रो विकल्प हुनसक्छ।
बिजुली गाडी कुदाएर जुनसुकै सहर पुग्ने सपना अमोडा ई–५ ले पूरा गर्छ। काठमाडौंबाट पोखरा होस् वा बुटवल, फुल चार्जमा सहजै पुग्छ।
झापा होस् कि नेपालगन्ज, एक पटकको चार्जमै पुग्छ। अन्तर्राष्ट्रिय बजारमै राम्रो टेक्नोलोजी मानिएको ब्लेड ब्याट्रीले रेन्जको तनाव कम गराउँछ।
विद्युत् प्राधिकरणले ५० बढी चार्जिङ स्टेसन विभिन्न ठाउँमा जडान गरिसकेको छ। ८० किलोवाटको फास्ट चार्जरबाट ३० प्रतिशत रहेको ब्याट्री आधा घण्टामै फुल हुन्छ। ११ किलोवाटको चार्जरले ३० प्रतिशतदेखि १०० प्रतिशत चार्ज हुन ४ घण्टा लाग्छ।
तर गाडीको ब्याट्री शून्य प्रतिशतमै रहेको अवस्थामा फुल चार्ज हुन एसी चार्जरबाट ७ देखि ८ घण्टा लाग्छ। विद्युत् प्राधिकरणले फास्ट चार्जर राखेकाले धेरै समय कुर्नुपर्दैन।
अहिले एउटा मात्रै गाडी भित्र्याएको कम्पनीले बुकिङ गर्नेलाई १ महिनामा गाडी डेलिभरी गर्ने लक्ष्य राखेको छ। एसपीजी अटोमोबाइल्सका प्रबन्धनिर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२ देखि १५ शोरूम विस्तार भइसक्ने सुनाए।
गाडीमा सीसीएस २ चार्जिङ सिस्टम छ। नेपाल विद्युत् प्राधिकरणले बनाएका चार्जिङ स्टेसनमा सहजै प्रयोग गर्न सकिन्छ। अमोडाले आफ्ना सबै सर्भिस सेन्टर र डिलरमा ३० किलोवाटको चार्जिङ स्टेसन बनाउने योजना छ।
भिडिओ
नयाँ गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न अमोडा शोरुममा भिड लाग्ने गरेको छ। अमोडाको नेपाल शोरुम प्रमुख निलन बज्राचार्य अमोडाको लुक्सले धेरैलाई मोहित बनाएको सुनाउँछन्।
‘धेरैलाई विद्युतीय गाडीमा चासो बढ्दै जाँदा नेपाली ग्राहकले खोजेजस्तो गाडी ल्याएका छौँ’, बज्राचार्य भन्छन्, ‘धेरै जनाले अरु ब्रान्डको गाडी बुकिङ छाडेर अमोडा ई५ बुकिङ गर्नुभएको छ।’
साढे ५९ लाखमा ४३० किमि रेन्ज दिने गाडी
‘फुल एसयुभी लुक्स’मा अमोडा ई–५ उपलब्ध छ। एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। काठमाडौंमै ४०० बढी रेञ्ज दिइरहेको छ।
अमोडा ई–५ मा ९९ किलोवाट मोटर पावर छ। यसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। अर्थात् २०४ हर्स पावर जेनेरेट गर्छ। अमोडा लंग रेञ्जको गाडी हो।
जसमा ६१ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध छ। अमोडाले ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग गरेको छ। मोटर र ब्याट्री दुवैमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी छ।
ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको यो गाडी नेपाली सडकमा कुदाउन उपयुक्त हुन्छ। चालकलाई कुनै ठाउँमा गाडी छुने डर हुँदा क्यामेराबाटै ग्राउन्ड क्लियरेन्स हेर्न सकिने सुविधा यसमा छ।
डुअल टोनको अप्सनमा गाडी उपलब्ध गाडीको सुरूवाती मूल्य ५९ लाख ४९ हजार तोकिएको छ। डुअल टोनमा ५० हजारसम्म बढी हुन्छ।
गाडीमा १८ इन्च अलोय ह्विलसँगै स्पेयर ह्विल्स छ। जुन प्रायः ईभीमा पाइँदैन। गाडीमा ३८० लिटरको बुथ स्पेस छ।
गाडीमा ३ वटा ड्राइभिङ मोड छन्। यसअनुसार नर्मल, इको र स्पोर्ट मोडमा गाडी कुदाउन सकिन्छ। इको मोडमा गाडी चलाउँदा पावर कम रेन्ज बढी दिन्छ भने स्पोर्ट मोडमा चलाउँदा रेन्ज कम पावर बढी दिन्छ।
भ्वाइस कमान्ड, १८ बढी फिचर
अमोडा ई–५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, वायरलेस मोबाइल कनेक्टलगायतका फिचरहरु छन्।
गाडीमा डुअल प्रोजेक्टर हेडल्याम्प छ भने एलईडी डिआएल लाइट, रियल डाइनामिक टर्न सिग्नल, सेन्टर हाई माउन्टेनिङ स्टप लाइट, ट्रक लगायतका लाइटिङ जडान गरिएका छन्।
६ वटा एयरब्याग रहेको गाडीमा १८ बढी सेफ्टी फिचर छन्। यो गाडीले ग्लोबल एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ।
जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ब्रेक एसिस्ट, ब्रेक ओभरराइड, स्पिड लिमिट रिमाइन्डर, लेन चेन्ज एसिस्ट, ब्लाइन्ड स्पोट डिटेक्सन, एडेप्टिभ क्रुस कन्ट्रोल लगायत सुरक्षासम्बन्धी विशेषता छन्।
यसबाहेक ई५ मा भ्वाइस कमान्ड छ। जसले गाडीका अधिकांश फिचर्स आवाज दिएरै कन्ट्रोल गर्न सकिन्छ। इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम २४.६ इन्चको छ। गाडीमा स्टार्ट स्मार्ट कीबाटै हुन्छ। इन्फोटेनमेन्टबाटै सबै फिचर्स कन्ट्रोल गर्न सकिन्छ।
गाडीको इन्टेरियर निलो र सेतो मिश्रित कलरको एउटा विकल्प छ भने अर्को पूरा कालो कलरमा उपलब्ध छ। गाडीका अघिल्ला सिट भेन्टिलेटेड हुन्छन्। सामान्यतया लेदर सिटले पसिना आउने सम्भावनालाई कम गर्छ।
तस्बिर/भिडिओ : सरोज बैजु
प्रतिक्रिया