काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए। उनले नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताए। उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए।
‘नेपाल संवतलाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्नुहुन आग्रह छ। काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ। प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ। अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ,’ उनले भने।
मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए।
Shares
प्रतिक्रिया