गल्फ ल्युब्रिकेन्ट्सकाे अधिकृत बिक्रेता नेपाल ल्युब आयल लिमिटेडले डिलर सेल्स एक्जिक्युटिभ (डीएसई) ट्रेनिङ कार्यक्रम आयोजना गरेकाे छ। गत भदौ २७ गते बाराको अमलेखगञ्जस्थित नेपाल ल्युबको फ्याक्ट्रीमा उक्त तालिम सञ्चालन गरेको कम्पनीले जनाएको छ।
टर्म सेल्स र मार्केटिङलाई प्रवद्र्धन गर्न उक्त तालिम आयोजना गरिएको गल्फ ल्युब्रिकेन्ट्सले जनाएको छ। तालिममा सहभागीहरुलाई प्राविधिक ज्ञान समेत बाँडिएको थियो।
विगतदेखि नै यस प्रकारको तालिम सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ। यो तालिम भने चालू आर्थिक वर्षमा पहिलो रहेको छ।
प्रतिक्रिया