ad ad

अटो


स्वावलम्बी अभियान : विदेशबाट फर्किएकालाई स्वदेशमै आत्मनिर्भर बनाउने टाटाको ‘सूत्र’

स्वावलम्बी अभियान : विदेशबाट फर्किएकालाई स्वदेशमै आत्मनिर्भर बनाउने टाटाको ‘सूत्र’

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:१४,

केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका रमेश कुँवर नारायणघाट–कावासोतीमा टाटाको म्याजिक गाडी सञ्चालन गर्दै आएका छन्।

विदेशबाट फर्किएपछि उनले ६ प्रतिशत सहुलियत ब्याजदरमा म्याजिक गाडी खरिद गरेका हुन्। उनको दैनिक आम्दानी २५ सयदेखि ३ हजार रुपैयाँसम्म हुन्छ।

‘म विदेश गएर आएरै किनेको हुँ। मैले ६ प्रतिशत सहुलियत ब्याजदरमा कर्जा पाएको हो’, कुँवरले नेपालखबरसँग भने।

कुँवरमात्रै होइन कावासोतीकै जीवन केसीले हात्ती गाडी भनेर चिनिने टाटाको एस एक्स२ गाडी सञ्चालन गर्दै आएका छन्।

उनी पनि विदेश गएर आएका हुन्। उनले ४ प्रतिशत सहुलियत ब्याजदरमा कर्जा लिएर उक्त गाडी खरिद गरेका हुन्।

‘म विदेश गएर आएरै किनेको हुँ। ४ प्रतिशत ब्याजदर तिर्नुपर्छ ’, केसीले भने, ‘एनएमबी बैंकबाट ऋण लिएको हो। करिब १७ हजार मासिक किस्ता तिर्नुपर्छ।’

कुँवर र केसीजस्तो विदेशबाट फर्किएर नेपालमा आफ्नै व्यवसाय गर्न चाहनेको लागि टाटा मोटर्सको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले स्वावलम्बी अभियान सुरु गरेको छ।

tata magic 090

कोभिड १९ को कारण पछिल्लो समय खाडी मुलुकबाट फर्किने मानिसको संख्या बढेको छ। टाटा मोटर्सले तिनै विदेशमा गएर दुःख पाएका नेपाली नागरिक अब फेरि विदेश जान नपरोस् भन्दै स्वावलम्बी अभियान सुरु गरेको बताएको छ।

‘विदेशमा कमाएको पैसाले आफ्नै देशमा लगानी गरेर केही आम्दानी गर्न सकून् भन्ने टाटाको उद्देश्य हो। आफ्नै परिवारसँग बसेर स्वरोजगार वा स्वावलम्बी बनून् भन्ने चाहन्छौँ ’, सेल्स चिफ म्यानेजर शरद कुमार न्यौपानेले भने, ‘जसमा टाटाका कमर्सियल गाडी खरिद गर्नको लागि कम्पनीले ७५ प्रतिशत ऋण दिलाउने व्यवस्था गरेको छ।’

कमर्सियल भेहिकलमा ५० देखि ७० प्रतिशतसम्म बैंकले ऋण प्रदान गर्दै आएका थिए। त्यसमा टाटाले केही वाणिज्य बैंकहरुसँग साझेदारी गरी गाडीको मूल्यमा ७५ प्रतिशतसम्म ऋण लगानी गर्ने वातावरण मिलाएको छ।

टाटा कम्पनीले विदेशबाट फर्किएका नेपालीहरुको संगठन रिटर्नी माइग्रेन्टसँग समन्वय गरी कम्पनीको सम्पर्कमा आएका ग्राहकलाई सहुलियत ब्याजदरमा गाडी उपलब्ध गराउँदै आएको बताएको छ।

विदेशबाट फर्किएकाहरुलाई नेपाल सरकारले समेत १० लाखसम्मको ऋणमा ५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ। यसमा राष्ट्र बैंकले सबै बैंकलाई पत्राचार गरी ५ प्रतिशत ब्याजछुटमा ऋण उपलब्ध गराउन निर्देशन समेत दिइसकेको छ।

विदेशबाट आएर थोरै लगानीमा धेरै प्रतिफल हासिल गर्न चाहने ग्राहकको लागि टाटाले ग्राहकलाई सहुलियत ऋण लिनको लागि समेत सहयोग गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकले डिजेल पेट्रोलका कार, जिप (प्यासेन्जर भेहिकल)मा ५० प्रतिशत बैंकले लगानी गर्न पाउने नियम बनाएको छ। तर सामान ढुवानी गर्ने सवारीसाधनमा भने कुनै ऋणको सीमा तोकेको छैन।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कमर्सियल भेहिकलको लागि राष्ट्र बैंकले कुनै सिमाना नतोकेको बताए। ‘हामीले कमर्सियल भेहिकलको लागि कुनै सीमा तोकेका छैनौँ ’, भट्टले भने, ‘बैंकको आफ्नो क्षमताअनुसार डाउन पेमेन्ट गर्ने गरेका छन्।’

राष्ट्र बैंकले बेसरेटको आधारमा ब्याज लगाउन पाउने व्यवस्था गरेको छ। बैंकहरुले बेसरेटमा बढीमा ५ प्रतिशतसम्म चार्ज गर्न सक्छन्। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले सहुलियत ऋणमा बैंकले ५ प्रतिशतसम्म चार्ज लिए पनि बढीमा ६ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्दैन। टाटाले राष्ट्र बैंकको उक्त नीतिअनुसार विभिन्न वाणिज्य बैंकसँग समझदारी गरिसकेको छ।

‘कुनै बैंकले ५० प्रतिशत मात्रै फाइनान्स गर्दै आएका छन्। टाटाले अफिसियल टाइअप गरेका बैंकमा ७५ प्रतिशतसम्म ऋण दिलाउने व्यवस्था गरेका छौँ ’, न्यौपानेले भने, ‘कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियामा सिप्रदीकै कर्मचारीले सहयोग गर्नेछन्।’

Tata Yodha Pickup Truck | Starting from NPR 21.65 lakhs | Tata Motors Nepal

स्वावलम्बी अभियानअन्तर्गत सिप्रदीले ऋणको प्रक्रियामात्रै नभई कसैसँग गाडीको लाइसेन्स छ भने सानो व्यवसाय गर्न चाहनेलाई कम्पनीले काउन्सिलिङ समेत गर्छ।

‘व्यावसायिक प्रस्ताव तथा व्यावसायिक योजना बनाउन समेत सहयोग गर्ने बताएको छ। ‘ग्राहकले म यस्तो गर्न चाहन्छु भनेर सिप्रदीमा आउनुभयो भने सबै सहयोग टाटाले गर्छ ’, प्रमुख बजार व्यवस्थापन न्यौपानेले भने।

कम्पनीले गाडी किन्न सहयोग मात्रै होइन सफल व्यवसायी बनाउन समेत सहयोग गर्दछ। टाटाको गाडी लिएको कुनै पनि चालकलाई अरु ढुवानीको लागि गाडी आवश्यक पर्ने व्यवसायीसँग सम्पर्क गराइदिने काम पनि गर्दछ।

‘टाटाले गाडी बिक्री गर्ने मात्र नभई कुनै व्यवसायीलाई कसरी सफल बनाउन सकिन्छ भन्नेमा पनि ध्यान दिन्छ ’, उनले भने।

टाटा मोटर्स स्वावलम्बी अभियान देशभरका नेटवर्कबाट बुझ्न सकिन्छ। कम्पनीले सामाजिक सञ्जाल फेसबुक पेज तथा डेडिकेटेड नम्बर राखेर कसैले त्यसमा मिसकल गर्दा कम्पनीले नै फोन गरेर सबै कुरा बुझाउने कार्य गर्दै आएको छ।

थोरै पुँजी भएकालाई यी गाडीमा बढी फाइदा
टाटाले स्वावलम्बी अभियानको लागि मुख्य ३ साना कमर्सियल भेहिकल छनोट गरेको छ। जसमा टाटाको एस (सानो हात्ती) रहेको छ। जसको मूल्य १२ लाख ७० हजार रुपैयाँ छ। ऋण ७५ प्रतिशतसम्म लिन टाटाले सहयोग गर्छ। जसमा बढीमा ६ प्रतिशत ब्याजदर रहेको छ।

६ प्रतिशत ब्याजदर हुँदा मासिक १८ हजारको हारा हारीमा किस्ता तिर्दा हुन्छ। दिनको १५ सय मात्रै गरे पनि महिनाको ४५ हजार रुपैयाँ आम्दानी गर्न सक्छन्। सुरुमा ३ लाख १७ हजार रुपैयाँ हुने मानिसले हात्ती गाडी खरिद गरी स्वावलम्बी हुनसक्छ।

दोस्रो, मनिस बोकेर हिँड्ने म्याजिक गाडी। जसले ८ जना बोकेर हिँड्न सक्छन्। म्याजिक गाडीको मूल्य १८ लाख १० हजार रहेको छ। विदेशबाट आएको नागरिकले १० लाख मात्रै ऋण पाउँछन्। ८ लाख खल्तीबाट लगानी गर्नुपर्छ। व्यवसायीले मासिक किस्ता १९ हजार ५ सय तिर्दा ५ वर्षमा उक्त गाडी आफ्नै हुन्छ। म्याजिक गाडी चलाउनेले औसत दैनिक ३ हजारसम्म कमाइरहेका छन्।

बढ्दो सहरीकरणका कारण गाउँको वस्तु सहरमा र सहरको वस्तु गाउँमा पु¥याउने काम बढ्दै गएको छ। त्यसको लागि टाटाको पिकअप सेगमेन्टमा योद्धा गाडीलाई तेस्रो प्राथमिकतामा राखेको छ।

यसको मूल्य २१ लाख ८५ हजार रहेको छ। पिकअप फोरह्विल ड्राइभ र टु ह्विल ड्राइभ दुवैमा रहेको छ। योद्धा गाडी चालकले मासिक ९० हजारसम्म आम्दानी गर्न सक्छन्।

न्यौपानेले भने, ‘सानो हात्ती गाडी सहरी ठाउँमा सामान ढुवानीको लागि सबैभन्दा उपयुक्त रहेको छ। म्याजिक गाडी गाउँदेखि बजार आउजाउ गर्नको लागि ठीक हुन्छ। यो विशेषगरी तराईका जिल्लामा बढी उपयोगी हुने देखिन्छ। योद्धा सहर र गाउँ जहाँ पनि प्रयोग गर्न सकिन्छ।’

Swavalambi poster

यसकारण उत्कृष्ट छन् टाटाका गाडी
सिप्रदी ट्रेडिङ नेपालमा ३८ वर्षदेखि कमर्सियल गाडी बिक्री गर्दै आएको सबैभन्दा ठूलो ट्रेडिङ्ग कम्पनी हो। २००६ मा टाटाले सानो हात्ती नेपालमा सार्वजनिक गरेको थियो। अहिलेसम्म सानो हात्ती मात्रै १२ हजार बढी बिक्री भएका छन्। टाटाले नेपालमा करिब १ लाख १० हजार भन्दा धेरै कमर्सियल गाडी बिक्री गरिसकेको छ।

टाटा मोटर्सका गाडी नेपालमा सफल हुनुको पाँच कारण उल्लेख गरेको छ जसलाई कम्पनीले ‘पञ्चतत्व’ भन्दै आएको छ। पञ्चतत्वअन्तर्गत टाटा कमर्सियल भेहिकलको फ्युल माइलेज राम्रो हुने गर्दछ।

टाटाको गाडीले १५ प्रतिशतभन्दा धेरै माइलेज दिनसक्छ भने प्रतिस्पर्धी गाडीले १० प्रतिशतसम्म मात्रै माइलेज दिएको पाइएको छ। माइलेज बढी दिनेबित्तिकै चालकको बचत बढी हुन्छ। सानो हात्तीले १६ किमिभन्दा धेरैसम्म माइलेज दिने गरेको छ।

टाटाका गाडीको मर्मतसम्भार खर्च समेत कम रहेको छ। एसमा ५ हजार किलोमिटर गुड्दा ३ लिटर लुब्रिकेन्ट्स खर्च हुन्छ। अरु गाडीमा धेरै हुन्छ। टाटाले आफ्ना सबै ठूलादेखि साना गाडीहरुमा उत्कृष्ट वारेन्टी समेत दिँदै आएको छ। हात्ती गाडीमा १ वर्ष वा ३६ हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ। त्यो बीचमा गाडीका कुनै ठूलो समस्या कम्पनीले नै व्यहोर्छ।

नेपालमा सबैभन्दा ठूलो नेटवर्क टाटा कम्पनीकै रहेको छ। देशको सबैभन्दा ठूलो बिक्री, सर्भिस तथा स्पेयर पार्ट्सको सञ्जाल सिप्रदी ट्रेडिङ्गको मात्र रहेको छ। हरेक ५० किमिमा सिप्रदीका सेवा केन्द्रहरु विशेष ध्यान पुर्याएर बनाइएका छन्। जसले गर्दा नेपालको जुनसुकै ठाउँमा जाँदा पनि टाटाको सर्भिस पाउन अप्ठ्यारो नरहेको कम्पनीले बताएको छ।

टाटा गाडी र अरु कम्पनीका गाडीमा फरक भनेको रिसेल भ्यालु समेत रहेको छ। टाटाका गाडी नेपाली सडकमा ५ वर्ष सञ्चालन गर्न ५० प्रतिशत रिसेल भ्यालु पाउन सकिन्छ। जुन नेपाली बजारमा भएका अरु कम्पनीको छैन।

tata ace mega 100

नेपालमा जताततै टाटा
नेपालको जुनसुकै ठाउँमा टाटा गाडीको उपस्थिति छ।

‘टाटामा लगानी सावधानी आम्दानी र बुद्धिमानी पनि हो। टाटा गाडी नराम्रो भए ३८ वर्ष देखि निरन्तर रुपमा मार्केट लिडर हुने थिएनौँ ’, न्यौपानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .