ad ad

अटो


बैंकहरुले अटो लोनमा ब्याजदर घटाएर ७.५९ प्रतिशतसम्म झारे, कुन बैंकको कति?

बैंकहरुले अटो लोनमा ब्याजदर घटाएर ७.५९ प्रतिशतसम्म झारे, कुन बैंकको कति?

नेपालखबर
साउन २२, २०७७ बिहिबार १२:५५,

वाणिज्य बैंकले सवारीसाधन खरिद कर्जाको ब्याजदर आक्रामक रुपमा घटाएका छन्। लकडाउनका कारण बैंकमा तरलता बढेपछि अटो लोनमा बैंकहरुले ब्याजदर घटाएका हुन्।

अधिकांश वाणिज्य बैंकहरुले अटो लोनको ब्याजदर सिंगल डिजिट (१० प्रतिशतभन्दा कम)मा झारेका छन्। राष्ट्र बैंकले  मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले ०.७५ सम्म सेवाशुल्क लिन पाउने व्यवस्था गरेको छ। जसको प्रत्यक्ष फाइदा सेवाग्राहीले पाउने भएका छन्।

वाणिज्य बैंकमा सबैभन्दा सस्तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकले ल्याएको छ। बैंकले ७.५९ प्रतिशत ब्याजदरमा अटो लोन दिनथालेको छ। एक वर्षपछि भने बैंकले बेसरेटमा २.२ प्रतिशत प्रिमियम जोड्ने जनाएको छ।

त्यस्तै आक्रामक शैलीमा शाखाविस्तार गरिरहेको बैंक एनआईसी एसियाले विभिन्न गाडी बिक्रेता कम्पनीले अफरहरु सार्वजनिक गरेसँगै सस्तो ब्याजदरमा कर्जा दिने स्किम ल्याएको छ।

एनआईसीले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत मात्र प्रशासनिक शुल्कमा सवारी कर्जा उपलब्ध गराउने बताएको छ। कर्जाको प्रस्तावित ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने जनाएको छ।

सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत ५ लाखदेखि अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ। सवारी धितोको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारीका साथै अन्य सम्पत्ति दुवै धितो राखेमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरेको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक ब्याजदरसहितको कर्जा योजना ल्याएको छ। बैंकले ८.९९ प्रतिशत दरमा गाडी कर्जा दिइरहेको छ। कर्जा लिन चाहने सेवाग्राहीले कागजात पेश गरेको ३ दिनभित्र विना झन्झठ कर्जा प्राप्त गर्नसक्ने दाबी गरेको छ। उक्त योजना बैंकका सबै शाखाहरुबाट सुविधा लिनसक्ने जानकारी दिएको छ।

हिमालयन बैंकले व्यक्तिगत सवारीसाधनमा ८.४९ तथा कमर्सियल सवारीसाधनमा १०.३९ प्रतिशतको अटो लोनको अफर ल्याएको छ।

एभरेष्ट बैंकले कात्तिक १४ गतेसम्म लागू हुने गरी चाडपर्व विशेष कर्जा योजना ल्याएको छ। जसमा चारपांग्रे सवारीसाधनमा ९.५५ तथा दुईपांग्रे सवारीसाधनमा १०.५५ प्रतिशतको अटो लोनको अफर गरेको छ।

सानिमा बैंक लिमिटेडले चार पांग्रे सवारीसाधन किन्ने ग्राहकलाई सजिलो अटो लोनको स्किम ल्याएको छ। यो कर्जा उपभोग गर्ने मानिस संगठित संस्थामा काम गर्ने र उसको मासिक तलब सुविधाको ५० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने हुनुपर्नेछ।

कम्पनीको अफरमा कर्जा प्रयोग गर्ने ग्राहकले ८.९९ प्रतिशत ब्याज र सुरुमा ०.७५ प्रतिशत सेवा शुुल्क तिर्नुपर्ने हुन्छ। बैंकले यस्तो कर्जाको सीमा ५० लाख मात्र हुने जनाएको छ।

बैंकले सेकेन्ड ह्याण्ड कारको हकमा भने कर्जा समाप्त हुने समय कारको जीवन ८ वर्ष मात्र भएको हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .