ad ad

कारोबार


उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक, यी विषयमा भए छलफल

उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक, यी विषयमा भए छलफल

नेपालखबर
साउन २२, २०७७ बिहिबार १२:५७,

कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको असरबारे उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा छलफल भएको छ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी लगायतका बिषयमा छलफल भएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले घरेलु, साना तथा मझौला उद्यम एवम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक– कर्मचारीको पारिश्रमिक भुक्तानी, व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयमा छलफल भएको जनाइएको छ।

सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि. तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधनका विषयमा छलफल भएको हो।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजस्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैंकर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायतका पदाधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .