ad ad

अटो


एसएमएल इसुजुले सुरु गर्‍यो विशेष बचत प्याकेज, यस्ता छन् फाइदा

एसएमएल इसुजुले सुरु गर्‍यो विशेष बचत प्याकेज, यस्ता छन् फाइदा

नेपालखबर
साउन १९, २०७७ सोमबार ९:१६,

लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल इसुजुले विशेष बचत प्याकेज सुरु गरेको छ। कम्पनीले ग्राहकहरुको बचतमा साथ दिनको लागि यस विशेष प्याकेज सुरु गरिएको र उनीहरुले आम्दानी गर्नुअगावै बचत गर्ने मौका पाउने जनाएको छ।

एसएमएल इसुजुले यस विशेष प्याकेजअन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकल को खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याजसहितको किस्तामा शतप्रतिशत छुट प्रदान गर्नेछ। उक्त छुट यस प्याकेजमा आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु हुने कम्पनीको भनाइ छ।

प्याकेज मार्फत ग्राहकहरुले आफुले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अगावै बचत गर्न सक्नेछन्। यसका साथै ग्राहकहरुले निस्शुल्क १ वर्षको विमा, निस्शुल्क १ वर्षको सडक कर, सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन्। एसएमएलले ग्राहकहरुलाई शतप्रतिशत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्र्याइसकेको छ । यसमा एस७ सिरिजका बस, स्ट्यान्डर्ड बस, एसी बस, टिप्परलगायतका गाडीहरु समावेश छ ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र टे«डिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन्। अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिजिजन सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .