ad ad

अटो


नेपालमा सवारीसाधनको संख्या ३८ लाख नाघ्यो

नेपालमा सवारीसाधनको संख्या ३८ लाख नाघ्यो

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ८:३,

नेपालमा सवारीसाधन दर्ता संख्या ३८ लाख नाघेको छ। गत वर्ष ३५ लाख ९१ हजार सवारीसाधन दर्ता रहेकोमा यो वर्ष थप २ लाख ३१ हजार दर्ता भएका हुन्।

फागुनसम्म कुल ३८ लाख २३ हजार सवारीसाधन दर्ता भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ। तर चैत ११ गतेबाट लकडाउन भएसँगै नयाँ गाडी दर्ता पनि बन्द हुँदा थप धेरै दर्ता भएका छैनन्।

कुल सवारीसाधनमध्ये ७८.८ प्रतिशत मोटरसाइकल मात्रै रहेका छन्। कार, जिप, भ्यान ७.१ प्रतिशत छ भने अन्य साधन १४.१ प्रतिशत दर्ता भएको मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणले देखाएको छ।

गत आर्थिक वर्षसम्म दर्ता भएका सवारीसाधनमध्ये कारको संख्या २८ प्रतिशत, मोटरसाइकलको संख्या ४५.३ प्रतिशत र अन्य साधनको संख्या २६.७ प्रतिशत रहेको थियो।

त्यस्तै गत आवसम्म ९ लाख ४३ हजार ८ सय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण भएको थियो भने चालू आवको फागुनसम्म ३ लाख ५१ हजार थप भई १२ लाख ९४ हजार ९ सय पुगेको छ।

आर्थिक वर्ष २०७४/०७५ सम्म २ लाख ९५ हजार मात्रै स्मार्ट लाइसेन्स वितरण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .