ad ad

समाज


ट्रम्पले कोरोनाविरुद्ध प्रयोग गर्न सिफारिस गरेको औषधि हाइड्रोक्सिक्लोरोक्वीन फ्रान्समा प्रतिबन्ध

ट्रम्पले कोरोनाविरुद्ध प्रयोग गर्न सिफारिस गरेको औषधि हाइड्रोक्सिक्लोरोक्वीन फ्रान्समा प्रतिबन्ध

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ७:४६,

औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोना भाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो।

फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोभिड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो। अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ।

साथै, विश्व स्वास्थ्य संगठनले सोमबार घोषणा गरेझैं फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

कोरोना भाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोभिड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो।

बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोभिड–१९ का बिरामीलाई हाइड्रोक्लोरोक्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको थियो।

तर यस औषधिका समर्थकहरु पनि थुप्रै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहेका छन्। दुबै देशमा कोरोना संक्रमितको संख्या बढी छ।

चिकित्सकको चेतावनी बाबजुद ट्रम्पले बारम्बार हाइड्रोक्लोरोक्वीन औषधिको प्रयोग गर्न सिफारिस गर्दै आएका थिए।रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .