ad ad

अटो


सवारी कर्जामा कडाईले व्यापार घटे पछि व्यवसायीले भेटे अर्थमन्त्री

सवारी कर्जामा कडाईले व्यापार घटे पछि व्यवसायीले भेटे अर्थमन्त्री

नेपालखबर
माघ १, २०७६ बुधबार ११:४६,

नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन्।

बुधबार अर्थमन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन्।

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको बताए। अध्यक्ष दुलाले अर्थमन्त्री खतिवडाले आफुहरुलाई बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमा समेत केही कम गर्न सकिने र दुई चार दिन मै त्यसको समाधान गर्ने आश्वासन समेत दिएका बताए।

nada-arthamantri-1.jpg

नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ। व्यवसायीहरुले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .