ad ad

समाज


सेनाका दुई कर्णेल सैनिक प्रहरीको हिरासतमा

सेनाका दुई कर्णेल सैनिक प्रहरीको हिरासतमा

नेपालखबर
माघ १, २०७६ बुधबार ११:४७,

सैनिक प्रहरीले नेपाली सेनाका दुई कर्णेललाई पक्राउ गरेर हिरासतमा राखेको छ।

महत्वपूर्ण जिम्मेवारीमा रहँदा आर्थिक अनियमितता गरेको भन्दै सैनिक प्रहरीले कर्णेलहरु भुपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षेत्रीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

अधिकारी र क्षेत्रीविरुद्ध सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको अभियोग लगाइएको छ। क्षेत्री वार कलेजमा कार्यरत रहेकै अवस्थामा नियन्त्रणमा लिइएको हो।

दुवै जनाविरुद्ध छानबिन गर्न सहायकरथी प्रदीपजंग केसीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ। रासनबाट आम्दानी भन्दै उनीहरुले अनियमितता गरेको पाइएपछि आवश्यक अनुसन्धान भइरहेको छ।

महाविद्यालयको रासन बाहिर बेचेको, खातामा बाहिरबाट पैसा जम्मा भएको देखिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .