नाडा आटो मोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्ण प्रसाद दुलाल सर्वसम्मत चयन भएका छन्।
अध्यक्षका अर्का प्रत्याशी प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल नै सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
उपाध्यक्षसहितका अन्य पदाधिकारीको टुङ्गो भने पुस ४ गते हुने नवनिर्वाचित अध्यक्ष कृष्ण दुलालले नेपालखबरलाई जानकारी दिए।
नाडाको साधारणसभा पुस ४ गते हुँदै छ। साधारणसभाले १४ जना कार्यकारी सदस्य र चार जना संस्थागत सदस्य चयन गर्नेछ।
अध्यक्षसहित कार्यकारी सदस्यहरु, संस्थागत सदस्यहरुबाट बाँकी पदाधिकारी चयन हुनेछन्।
यी हुन् नाडाका सर्वसम्मत पदाधिकारीहरु
अध्यक्ष : कृष्ण दुलाल
सदस्यहरु
१ करण कुमार चौधरी
२ आकाश गोल्छा
३ सुनिल रिजाल
४ अनुप कुमार बराल
५ सुरेन्द्र कुमार उप्रेती
६ विक्रम सिंहानिया
७ राजनबाबु श्रेष्ठ
८ निराकार श्रेष्ठ
९ अभीक ज्योति
१० मिलन बाबु मल्ल
११ दीपक कुमार अग्रवाल
१२ सुरज भट्टराई
१३ पंकज अग्रवाल
१४ निलमणि पाठक
जिल्ला सदस्यहरु
१ ध्रुव बहादुर थापा
२ सुवास आचार्य
३ नवराज डल्लाकोटी
४ ऋषि कुमार ढकाल
याे पनि ः
चार कार्यकालको अनुभवीको नाताले म नाडाको अध्यक्षको दाबेदारः कृष्ण दुलाल
प्रतिक्रिया