ad ad

सुदूरपश्चिम


कञ्चनपुरको भुजेला बस्तीमा पस्यो चितुवा, खोज्न हात्ती परिचालन

कञ्चनपुरको भुजेला बस्तीमा पस्यो चितुवा, खोज्न हात्ती परिचालन

गोकुल जोशी
भदौ १, २०८१ शनिबार १४:३७, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा चितुवा बस्ती पसेपछि स्थानीय त्रसित बनेका छन्। चितुवालाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली परिचालन भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट परिचालन गरिएका दुई हात्तीले अहिले चितुवाको खोजी गरिरहेका छन्। भुजेलास्थित झाडीमा चितुवा लुकेको छ। 

खेतमा घाँस काटिरहेका स्थानीयले बिहान चितुवा खेतमा सुतेको देखेका थिए। त्यसपछि झाडीतिर घुसेको थियो। बस्तीमा हिंस्रक जनावर देखिएपछि स्थानीय त्रसित बनेका छन्।

‘बिहान स्थानीयले देखेका थिए। अहिले झाडीमा लुकेको छ। बाघ वा चितुवा के हो? एकिन गर्न सकिएको छैन,’ भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले भने, ‘ठूलो छ। जोरजोरले आवाज गरिरहेको छ। मान्छेलाई झम्टिन पनि आएको थियो।’

उनका अनुसार, उक्त क्षेत्रमा बाक्लो संख्यामा स्थानीय भेला भएका छन्।

झाडीमा लुकेको चितुवाको खोजी गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले बताए। 

‘हाम्रो कर्मचारीले पनि राम्रोसँग देखेका हुन। चितुवा नै हो,’ उनले भने, ‘खोजी भइरहेको छ।’

केही दिन पहिले दोधारा चाँदनीमा बाघले आक्रमण गरेर एक महिलाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .