भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएको डोटीमा उद्धार र राहतका लागि नेपाली सेनाको टोली खटिएको छ।
डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्।
भूकम्प प्रभावित डोटीको पूर्वी चौकी गाउँपालिका–३, गैरागाउँमा नेपाली सेनाको भैरव प्रसाद गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग सहकार्य गरी उद्धारमा जुटेको हो।
उद्धारका लागि सुर्खेत र धनगढीमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ। साथै, उक्त स्थानमा खद्यान्न तथा टेन्ट लगायतका सामग्री पुर्याउने काम पनि भइरहेको जनाइएको छ।
नेपाली सेना उद्धारमा खटिएको भिडिओ–
306
Shares
प्रतिक्रिया