डोटीमा मंगलबार राति गएको भूकम्पमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो।
मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ३० वर्षीया भगवतीदेवी बोहरा, उनका छोरी १३ वर्षीया सीता बोहरा र छोरा ७ वर्षीय हर्क बोहराको मुत्यु भएको हो।
यस्तै भूकम्पले घर भत्किएर ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डीएसपी भोला भट्टले जानकारी दिए।
30
Shares
प्रतिक्रिया