समूह एचको अन्तिम खेलमा अहिले घाना र उरुग्वे तथा पोर्चुगल र दक्षिण कोरिया भिडिरहेका छन्। पहिलो हाफको खेल सकिँदा घानामाथि उरुग्वेले २–० को अग्रता लिएको छ। खेलको सुरुमै अग्रता लिने मौका पाए पनि घाना चुक्यो।
खेलको २१ औं मिनेटमा घानाले पेनाल्टी पाएको थियो। तर मिडफिल्डर आन्द्रे अवे चुके। त्यसपछि उरुग्वेले लगातार २ गोल गर्यो। खेलको २६ औं मिनेटमा पहिलो गोल गरेका जिवर्जीन आरासकाइटाले ३२ औं मिनेटमा दोस्रो गोल गरे।
अर्को खेलमा पोर्चुगल र दक्षिण कोरियाले १–१ को बराबरी खेलेका छन्। खेलको ५ औं मिनेटमा रिकार्डो होर्टाले अग्रता दिलाएका थिए। तर २७ औं मिनेटमा कोरियाले गोल फर्कायो। किम योङग्वोनले गोल गर्दै खेल बराबरी गरे।
आजको खेल जित्नै पर्ने दबाबमा अन्य तीन टोली हुँदा पोर्चुगल भने यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ।
Shares
प्रतिक्रिया