कतार विश्वकप अन्तर्गत मोरक्को र बेल्जियमले पहिलो हाफमा बराबरी खेलेका छन्। दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफ सकिँदा मोरक्को र बेल्जियमले गोलरहित बराबरी खेलेका हुन्।
पहिलो हाफमा मोरक्कोमाथि बेल्जियमले दबाब बनाएपनि गोल निकाल्न भने सकेन। मोरक्कोले पहिलोहाफको अन्तिम मिनेटमा गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड दिए। भीएआरको सहायतामा गोल रद्द गरिएको थियो।
खेलको पाँचौँ मिनेटमा बेल्जियमका मिचे बात्सुयीको प्रहार गोलमा परिणत हुन सकेन। खेलको २१ औँ मिनेटमा हाकिम जियचको प्रहार गोलरक्षकले नियन्त्रणमा लिँदा मोरक्कोले अग्रता बनाउन सकेन।
३५ औँ मिनेटमा अचर्फ हाकिमीको प्रहार पोष्टको माथिबाट बाहिरिँदा मोरक्कोले अग्रता बनाउनबाट चुक्यो। त्यसको केही सेकेण्डमा नै बेल्जियमका केविन डे ब्रुयनको प्रहारले पोष्टको दिसा लिन सकेन।
समुह एफ मा रहेको बेल्जियम मोरक्कोलाई हराउँदै एक खेल आगावै नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहान्छ। मोरक्को पनि बेल्जियमलाई हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राख्ने योजनामा छ।
Shares
प्रतिक्रिया