पहिलो पटक विश्वकप आयोजना गरेको कतारले खराब किर्तिमान बनाइरहँदा उसका एक खेलाडीले भने किर्तिमान रचेका छन्। शुक्रबार बेलुका कतार सेनेगलसँग ३–१ ले पराजित हुँदा समूहचरणबाट बाहिरिने संघारमा पुगेको छ।
तर कतारका फरवार्ड मोहम्मद मुन्तारीले भने इतिहास लेखाएका छन्। सेनेगलविरुद्ध गोल गरेका उनले विश्वकपमा कतारबाट पहिलो गोलकर्ताको नाम लेखाए।
पहिलो पटक विश्वकप खेलिरहेको कतारका लागि खेलको ७८ औँ मिनेटमा मोहम्मद मुन्तारीले उत्कृष्ट हेडर प्रहार गरेका थिए। जुसलाई चेल्सीबाट व्यवसायीक फुटबल खेल्ने गोलरक्षक उडउर्ड मेन्डीले बचाउने कुनै मौका पाएनन्।
स्माइल मोहम्मदको क्रसमा मुन्तारीले हेडर गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेन।
घानामा जन्मिएका मोहम्मदले कतारबाट खेल्दै विश्वकपमा डेब्यु गरेका हुन्। २८ वर्षिय मोहम्मद इक्वेडरसँगको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
घानाको कुमासीको सडकमा हुर्केका मोहम्मदले कतारको प्रतिनिधित्व गर्दै विश्वकप खेलेका थिए।
सन् २०१४ मा कतारको राष्ट्रिय टोलीमा आवद्ध भएका उनले २०१४ कै डिसेम्बरमा इस्टोइनसँग मैत्रीपूर्ण खेलमार्फत डेब्यु गरेका थिए। डेब्यु खेलमै उनले गोलको खाता खोले। उनले ४९ खेलमा कतारका लागि १३ गोल गरिसकेका छन्।
विश्वकपमा घरेलु टोलीको अर्को हार, सेनेगलको नकआउट चरण पुग्ने सम्भावना बलियो
कतारी स्टार लिगमा आवद्ध उनले व्यवसायिक खेल जिवन भने घानाबाट सुरु गरेका थिए। एस्पायर एकेडेमीमा आवद्ध उनी घाना छाडेर कतार आएका हुन्।
Shares
प्रतिक्रिया