कतार विश्वकपको उद्घाटन खेलमा आइतबार आयोजक कतार र इक्वेडर भिड्दै छन्।
समूह ए को पहिलो खेल अल बेत रंगशालामा साँझ पौने १० बजेपछि सुरु हुनेछ। उद्घाटन समारोहपछि यी दुई टोलीले खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछन्।
दक्षिण एशियाली राष्ट्र कतारले पहिलो पटक ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। उता दक्षिण अमेरिकी राष्ट्र इक्वेडर भने आठ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै छ।
कतार घरेलु लिग खेलिरहेका खेलाडीलाई समेटेर विश्वकपमा स्पर्धा गर्न लागेको हो। सन् २०१० मा नै विश्वकप आयोजकको जिम्मेवारी पाएपछि विवादमा आएको कतारले आज घरेलु मैदानमा कस्तो प्रर्दशन गल्र्ला भन्ने धेरैको चासो छ। यद्यपि समूह चरणबाटै बाहिरिने खतरा पनि कतारसामु छ।
कतारले समुह चरणमा अफ्रिका कप नेसन्सको च्याम्पियन सेनेगल र २०१० को विश्वकपको फाइनलिष्ट टोली नेदरल्याण्डको सामना गर्नेछ। विश्वकपको तयारीका लागि अक्टोबरमा खेलेको ४ मैत्रीपुर्ण खेलमा जित निकालेको कतार घरेलु मैदानमा उच्च मनोबलको साथ उत्रनेछ।
यता सनु २०१८ को रसिया विश्वकप गुमाएको इक्वेडर विश्वकपमा सुखद सुरुवात गर्न चाहान्छ। इक्वेडरले यसअघि सन् २००२, २००६ र २०१४ मा सहभागिता जनाएको छ।
हेड टु हेट
यी दुई टोलीबीचको अहिलेसम्मको भेटलाई हेर्ने हो भने कतार बलियो टोलीको रुपमा देखिएको छ। इक्वेडरसँगको पाँच भेटमा कतारले ३ खेल आफ्नो पक्ष्ँमा पार्दा एक खेलमा भने बराबरीको नतिजा निकालेको छ।
दुई खेलको नतिजा इक्वेडरलाई सुम्पेको छ। पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कतारले इक्वेडरलाई ४–३ गोल अन्तरले परातिज गरेको थियो।
Shares
प्रतिक्रिया