विश्वकप फुटबलको एसियाली क्षेत्रको छनौट खेलमा नेपालविरुद्ध आयोजक अस्ट्रेलियाले चौथौं गोल गरेको छ।
अस्ट्रेलियाले खेलको ५८ औं मिनेटमा चौथों गोल गरेको हो।
यसअघि नेपालले पहिलो २३ मिनेटमै तीन गोल खाइसकेको थियो।
अस्ट्रेलियाका लागि जेमी मकलरेनले खेकलो छैठौं मिनेटमा सुरुवाती गोल गर्दा उनैले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरेका हुन्। तेस्रो गोल २३ औं मिनेटमा ह्यारी साउटरले गरेका थिए।
यतिबेला अष्ट्रेलियाको स्टेडियम क्यानबेरामा खेल भइरहेको छ। नेपालको प्रदर्शन निकै कमजोर देखिएको छ।
अष्ट्रेलिया फिफा वरियतामा ४४ औं स्थानमा रहेको टोली हो भने नेपाल १ सय ६१ औं स्थानमा रहेको टोली हो।
3
Shares
प्रतिक्रिया