ad ad

खेल


बिकिनीमा शारीरिक तन्दुरुस्ती देखाउँदै महिला खेलाडी

बिकिनीमा शारीरिक तन्दुरुस्ती देखाउँदै महिला खेलाडी

वाशुदेव मिश्र
असोज ९, २०७६ बिहिबार १३:५४,

पोखरामा वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसीप–२०१९ आयोजना हुँदैछ।

गोर्खा क्लासिक नामक संस्थाले यही असोज ११ गते आयोजना गर्ने यो प्रतियोगितामा महिलाहरुले बिकिनीमा आफ्नो शारीरिक तन्दुरुस्ती देखाउनेछन्। आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङका अनुसार शारीरिक सुगठन खेलमा महिलाहरुलाई आकर्षित गराउनु प्रतियोगिताको उदेश्य हो।

बिकिनी र फिजिक गरी दुई विद्या समेटिएको प्रतियोगिताको फिजिकतर्फको बिजेताले नगद रु २ लाख रुपैयाँ , उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश: १ लाख ५ हजार र ८० हजार नगद पुरस्कार पाउनेछन्। बिकिनीतर्फको बिजेता खेलाडीलाई ८० हजार उपविजेतालाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङका अनुसार प्रतियोगीहरुलाई उचाइको आधारमा सहभागि गराइँदैछ। देशभरबाट अहिलेसम्म १५ बढी खेलाडीले नाम दर्ता गरिसकेको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .