ad ad

समाज


सार्वजनिक यातायातमा जनचेतनामुलक अडियो विमोचन

सार्वजनिक यातायातमा जनचेतनामुलक अडियो विमोचन

नेपालखबर
असोज ९, २०७६ बिहिबार १३:२६,

चाडपर्वको समयमा सार्वजनिक यातायात र यात्रुको सुरक्षाका लागि जनचेतनामुलक अडियो सार्वजनिक गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, लोत्से बहुउद्देसीय प्रालि तथा सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त आयोजनामा गोंगबुस्थित नयाँ बसपार्कमा जनचेतना मुलक अडियो विमोचन गरिएको हो। सो अवसरमा ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यान्त्रिक परिक्षणको पनि शुभारम्भका गरिएको छ।

बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परिक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको सिप्रदी ट्रेडिङ कम्पनीले जनाएको छ। सो परिक्षण सिप्रदी तथा टाटा मोटर्सले निःशुल्क रुपमा हरेक गाडीको ११ वटा गुणस्तर र सुरक्षाका सूची बनाएर गर्ने छ।

कार्यक्रममा बोल्दै सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृतराजनबाबु श्रेष्ठले भने, ‘चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुँदा सवारीसाधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परिक्षण गरी सेवा पु¥याउन पाउँदा खुसी लागेको छ र आगामी दिनमा यस्तै किसिमका अन्य कार्यहरु मार्फत जोडिएर सेवा सुविधा पु¥याउन प्रतिबद्ध छौँ।’

बसपार्कमै रहेको टाटा मोटर्सका लागि सिप्रदीको वर्कसप मार्फत् सवारीसाधनको यान्त्रिक परिक्षण हुनेछ भने यात्राका क्रममा कुनै पनि समस्या देखिएमा टाटा मोटर्सको मोबाइल भ्यान मार्फत् सेवा उपलब्ध गराइनेछ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल थिए भने विशेष अतिथिका रुपमा यातायात व्यवस्था विभाग, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, महानगरीय प्रहरी अपराध महाशाखा, सवारी परिक्षण कार्यालय, काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष र विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .