जाडोन सान्चो खरिदका लागि म्यानचेस्टर युनाइटेड ८५ मिलियन युरो तिर्न तयार भएको छ।
इंग्ल्यान्डका २१ वर्षीय विङगरलाई ल्याउनका लागि व्यक्तिगत तथा मेडिकल शर्तहरु भने स्वीकार गर्न बाँकी छ।
सान्चोले ५ वा ६ वर्षका लागि सम्झौता गर्ने अपेक्षा गरिएको छ।
जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि म्यानचेस्टरको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताइएको छ।
सान्चोको लागि म्यान्चेस्टर युनाइटेडले राखेको ८५ मिलियन युरोको प्रस्ताव बोरुसिया डर्टमन्डले स्वीकार गरेको हो।
म्यानचेष्टरले यो मूल्य तिर्न तयार भएपछि सान्चो हेरी मागुइरोपछि दोस्रो महंगो अंगे्रजी खेलाडी समेत बन्ने भएका छन्।
यसअघि सन् २०१९ मा डिफेन्डर हेरी ८० मिलियन युरोमा लेस्टर सिटीबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए।
सान्चोले डर्टमुण्डबाट १३७ खेल खेल्दै ५० गोल गरेका छन् भने ५७ असिस्ट प्रदान गरेका छन्।
प्रतिक्रिया