ad ad

खेल


आईपीएलका बाँकी खेल यूएईमा हुने

आईपीएलका बाँकी खेल यूएईमा हुने

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:२१,

कोरोना महामारीका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले लिगका बाँकी खेल आगामी १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म युएईमा गर्ने तयारी गरेको हो।

कोरोना भाइरसको महामारीको कारण खेलाडी र स्टाफहरु नै कोरोनाको सक्रमणमा आएपछि बीसीसीआईले सिजनका ३१ खेल बाँकी छँदा नै आईपीएललाई ‘सस्पेन्ड’ गरेको थियो।

बीसीसीआईले आईपीएलका बाँकी खेल यूएई वा इङल्यान्डमध्ये एक ठाउँमा खेलाउने बारेमा सोचे पनि अन्ततः युएईमा नै लिग गराउने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीसीसीआईको आगामी २९ मे मा बस्ने विशेष बैठकले यसबारेमा थप निर्णय गर्नेछ।

आईपीएल स्थगित हुनुअघि ८ खेल खेलेको दिल्ली क्यापिटल्स १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

७ खेल खेलेका चेन्नई सुपर किंग्स १० अंकमा दोस्रो र समान खेलबाट त्यति नै अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छन्।

सात खेलबाट ८ अंक जोडेको मुम्बई इण्डियन्स चौथो, ६ अंक जोडेको राजस्थान रोयल्स पाँचौ, एक खेल बढी खेलेको पञ्जाव किग्ंस ६ अंकमा छैटौँ स्थानमा छ।

सात खेलबाट ४ अंक भएको कोलकाता नाइड राइडर्स पुछारबाट दोस्रो र समान खेल खेलेको सनराइजर्स हैदरावाद २ अंकमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .