केही दिनअघि मात्र ताउते नामको चक्रवातले धनजन क्षति गरेको भारतमा यास नामको अर्काे चक्रवातको खतरा मडारिइरहेको छ।
भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ। यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ।
भारतीय मौसम विभागले एक घण्टाअघि ट्विटरमार्फत चेतावनी दिएको छ,‘ आगामी २४ घण्टामा राजस्थानमा धुलोसहितको ठूलो आँधी चल्ने सम्भावना छ।’
यस्तै आगामी ३ दिनमा राजस्थान, हरियाणा, चन्डीगढ, दिल्ली र उत्तर प्रदेशमा तीव्र वेगको धुलो उडाउने खालको हुन्डरी चल्ने सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ।
यो पनि : भारतमा फेरि डरलाग्दो चक्रवात बन्दै !
प्रतिक्रिया