इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, ब्राइटन एन्ड होभ एल्बियनसँग बराबरीमा रोकिएको छ।
मगंलबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो।
बराबरीमा रोकिए पनि चेल्सी अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। ३२ खेलबाट चेल्सी ५५ अंकका साथ चौथो स्थानमा पुगेको हो।
उता समान खेलबाट समान अंक भए पनि वेस्टह्याम पाँचौ स्थानमा झरेको छ।
खेलमा ६४ प्रतिशत बल पोजिसन राखे पनि चेल्सीले गोल गर्न सकेन। दोस्रो हाफको अतिरिक्त समयमा ब्राइटनका ह्वाइट दोहोरो पहेदो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए।
प्रतिक्रिया