डेब्यू खेलमै राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गरेका छन्।
काठमाडौंमा जारी त्रिदेशीय टी २० क्रिकेट शृंखला अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा डेब्यू गरेका कुशलले ३० बलमा अर्धशतक पूरा गरेका हुन्।
नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउनक्रममा ओपनिङ ब्याटिङमा आएका कुशलले ४ छक्का ५ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
उनको अर्धशतक मद्दतमा नेपालले ९ ओभरको खेल सकिदा ९० रन पूरा गरेको छ।
प्रतिक्रिया