ad ad

खेल


आरबीबी एनभीए भलिबल च्याम्पियनसिपः पुलिसद्वारा एपीएफ पराजित

आरबीबी एनभीए भलिबल च्याम्पियनसिपः पुलिसद्वारा एपीएफ पराजित

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:१२,

विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा जारी पाँचौँ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अर्को विभागीय टोली नेपाल एपीएफ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपीएफमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट जितेको पुलिसले त्यसपछिको दुई सेट गुमाए पनि निर्णायक सेटमा जित हात पारेको थियो।

प्रतिस्पर्धात्मक पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा पुलिसले २५–२३ को जित निकाल्दै जित नजिक पुगे पनि पुलिसले तेस्रो र चौथो सेट २०–२५ र १७–२५ ले गुमाएको थियो।

निर्णायक सेटमा १५–१३ को संघर्षपुर्ण जित निकाल्यो ।

जितसँगै पुलिसको ५ खेलबाट ८ अंक पुगेको छ । पराजित एपिएफको ५ खेलबाट १० अंक रहेको छ।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

लिगमा मंगलबार महिलातर्फ एपिएफ र भरतपुर तथा न्य डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपिएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा बुलबुले र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।

लिग अवधिभर खेलाडी र अफिसियलको बीमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन्।

दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .