ad ad

खेल


त्रिदेशीय फुटबलः नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

त्रिदेशीय फुटबलः नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपालखबर
चैत १४, २०७७ शनिबार १३:३९,

नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौंमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो। नेपाल फाइनलमा पुगेसँगै किर्गिस्तानको यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको छ।

फाइनलमा नेपालले पुनः बंगलादेशविरुद्ध खेल्नेछ। बंगलादेशले यसअघि आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो।

खेलमा दुवै टोलीले पाएका पटकपटकका मौका सदुपयोग गर्न सकेनन। २१ औं मिनेटमा त्रिदेव गुरुङले कर्नरको नजिकबाट मिलाएको बलमा अन्जन विष्टले डीबक्सभित्रबाट गरेको हेडिङ पोस्टमाथिबाट बाहिरिन पुगेको थियो। २४ औं मिनेटमा त्रिदेवले पोस्ट नजिकै बल पाएपनि पोस्टको दिशा दिन सकेनन्।

३७ औं मिनेटमा नेपाली गोलरक्षक किरण चेञ्जोङ अगाडि बढेको अवस्थामा बंगलादेशी खेलाडी पोस्ट नजिक पुर्याएको बललाई दिनेश राजवंशीले क्लियर गर्दै खतरा टारेका थि।

३९ औं संयोज राईले बंगलादेशी खेलाडीमाथि फल गरेपछि पहेँलो कार्ड पाए । ४०औं जमल भइयाले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो। ४४औं मिनेटमा रञ्जित धिमालले पनि पहेलो कार्ड पाए।

५५औं मिनेटमा बंगलादेशी कप्तान जमल भुइयाँले प्रहार गरेको फ्रिकिक सोझै नेपाली गोलरक्षक किरणको हातमा गएको थियो। लगत्तै नेपाली प्रशिक्षक बालगोपाल महर्जनले रवि पासवान र सन्जोग राईको स्थानमा सुनिल वल र विशाल राईलाई मैदान प्रवेश गराएका थिए।

५९औं मिनेटमा सुनिल वलले बंगलादेशी डिफेन्डरलाई छलाउँदै डीबक्सभित्र रहेका अन्जन विष्टलाई पास मिलाएका थिए। तर अन्जनको फितलो प्रहारलाई बंगलादेशी गोलरक्षकले सजिलै नियन्त्रणमा लिए।

६४औं मिनेटमा रञ्जित धिमालको क्रसमा डी बक्सभित्रबाट अभिशेक रिजालले गरेको हेडिङ पोस्टको नजिकैबाट बाहिरिएको थियो। ७७औं मिनेटमा विशाल राईले डीबक्सभित्र पाएको बलमा फितलो प्रहार गरे।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भइरहेको त्रिदेशीय प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टोली सहभागी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .