ad ad

खेल


त्रिदेशीय फुटबलः पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

त्रिदेशीय फुटबलः पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

नेपालखबर
चैत १४, २०७७ शनिबार १२:४१,

काठमाडौंमा जारी त्रिदेशीय फुटबल अन्तर्गत शनिबार साँझ जारी नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा जारी खेलमा पटकपटकका मौका सदुपयोग गर्न नसक्दा दुवैटोली गोलरहित बराबरीमा रोकिएका हुन्।

२१ औं मिनेटमा त्रिदेव गुरुङले कर्नरको नजिकबाट मिलाएको बलमा अन्जन विष्टले डीबक्सभित्रबाट गरेको हेडिङ पोस्टमाथिबाट बाहिरिन पुगेको थियो। २४ औं मिनेटमा त्रिदेवले पोस्ट नजिकै बल पाएपनि पोस्टको दिशा दिन सकेनन्।

३७ औं मिनेटमा नेपाली गोलरक्षक किरण चेञ्जोङ अगाडि बढेको अवस्थामा बंगलादेशी खेलाडी पोस्ट नजिक पुर्याएको बललाई दिनेश राजवंशीले क्लियर गर्दै खतरा टारेका थिए।

३९ औं संयोज राईले बंगलादेशी खेलाडीमाथि फल गरेपछि पहेँलो कार्ड पाए । ४०औं जमल भइयाले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो। ४४औं मिनेटमा रञ्जित धिमालले पनि पहेलो कार्ड पाए।

फाइनल पुग्न नेपालले बंगालादेशलाई कम्तीमा बराबरीमा रोक्नुपर्ने हुन्छ। बंगलादेश यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल चैत्र १६ गते हुनेछ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भइरहेको त्रिदेशीय प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टोली सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .