ad ad

राजनीति


ताइवान छिरे चीनका २० युद्धक विमान

ताइवान छिरे चीनका २० युद्धक विमान

नेपालखबर
चैत १४, २०७७ शनिबार १२:२४,

चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको भनाइ छ।

शुक्रबारको घटनालाई त्यहाँको सरकारले हालसम्मकै सबैभन्दा ठूलो हवाइ नियमको उल्लंघन भनेका छन्।

ताइवान आफ्नो भूमि भएको चीनको दाबीबीच हालै अमेरिका र ताइवानबीच तटरक्षकको क्षमता अभिवृद्धि गर्ने सम्झौता भएको थियो।

त्यस लगतै चिनियाँ विमानहरुले ताइवानको सिमाना पार गरेका हुन्।

हाल चिनियाँ विमानहरुको निगरानी गर्नका लागि आफ्ना हवाइ सेनालाई चनाखो बनाइएको पनि ताइवान सरकारले बताएको छ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार शुक्रबार चिनियाँ विमानलाई आफ्नै क्षेत्रमा जान रेडियोमार्फत् चेतावनी पनि दिइएको थियो। चिनियाँ युद्धक विमानहरु ताइवानको दक्षिणी क्षेत्र तथा बासी च्यानल हुँदै उडेका थिए।

चीनका आणविक हतियार सम्पन्न एच–६के बम्बर तथा जे–१६ विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको बताइएको छ।

चीनले ताइवान आफ्नो भूमि भएको र यो क्षेत्र चीनसँग पुनः समाहित हुने बताउँदै आएको छ। तर आफ्नै संविधान र शासन प्रणाली भएको ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिन चीनले विश्वका मुलुकलाई चेतावनी दिँदै आएको छ। यद्यपी पछिल्लो समय अमेरिकाले ताइवानलाई हतियारहरु बेच्न थालेको छ।

अमेरिकाले ताइवानलाई अलग्गै राष्ट्रको मान्यता नदिए पनि स्वतन्त्र राष्ट्रकै हैसियतमा ताइवानलाई हतियार बेचेपछि यो कार्यले चीन रुष्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .