उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टालीबीच फुटसल प्रतिस्पर्धा भएको छ।
प्रतिस्पर्धामा उर्जामन्त्री पुन नेतृत्वको टोलीले घिसिङ नेतृत्वको टोलीलाई ३–० ले हरायो।
भृकुटीमण्डपमा रहेको फुटसल मैदानमा भएको प्रतियोगितामा ऊर्जामन्त्री पुनले २ गोल तथा उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गरेका थिए।
प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्राधिकरणको टोलीले भने गोल गर्न सकेन।
प्रतिक्रिया